images
images
  • निर्वाचनमा भागलिने दलहरुको नामावाली फागुन २६ गतेभित्र प्रकाशन गरिने

    काठमाडौं- निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा सहभागी हुने दलहरुको नामावली फागुन २६ गतेभित्र प्रकाशन गर्ने भएको छ ।

    आयोगले आज एक विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो ।

    ‘स्थानीय तहको निर्वाचन प्रयोजनका लागि दर्ता हुन निवेदन प्राप्त भएका ८० वटा राजनीतिक दलहरुको निवेदनका सम्बन्धमा जाँचबुझ भइरहेको छ र निर्वाचनमा भाग लिने राजनीतिक दलहरुको नाम फागुन २६ गतेभित्रमा प्रकाशन गरिनेछ,’ आयोगले विज्ञप्तिमा भनेको छ ।

    यस्तै, स्थानीय तह निर्वाचनमा खटिने मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरुको नामावली सम्बन्धित निकायबाट प्राप्त भएको र ती नामावलीहरु हाल अध्ययनको क्रममा रहेको आयोगले जनाएको छ ।

    Press Release 2078 11 19.jpeg

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images