images
images
  • चैत १५ पछि कर्मचारीलाई काजमा नखटाउन निर्वाचन आयोगको निर्देशन (पुर्णपाठसहित)

    काठमाडौं- निर्वाचन आयोगले आगामी बैशाख ३० गते हुने स्थानीय तहको चुनावलाई मध्यनजर गर्दै विभिन्न ठाउँमा काजमा खटाइएका कर्मचारीहरुलाई आगामी चैत १५ गतेभित्र नेपाल सरकारको स्वीकृत पद र तहमा पद नाम बमोजिम सरुवा वा पदस्थापन गरिसक्न सरकारलाई निर्देशन दिएको छ । साथै स्थानीय तहको प्रशासकीय प्रमुखको पद रिक्त रहेको भए चैत १५ भित्रै पूर्ति गरिसक्न आयोगले भनेको छ ।

    निर्वाचन आयोगले सोमबार स्थानीय चुनावलाई स्थानीय चुनावलाई सफल बनाउनका लागि नेपाल सरकार मन्त्रिपरिषदका नाममा २६ बुँदे लिखित निर्देशन लेखी पठाउने निर्णय गरेको हो । आयोगले मन्त्रिपरिषदलाई पठाएको निर्देशनमा आगामी बैशाख १० गतेभित्र कोभिड विरुद्धको खोपसमेत लगाइसक्न भनिएको छ ।

    त्यसैगरी स्थानीय तहको निर्वाचनका लागि सुरक्षाको प्रवन्ध मिलाई आयोगलाई जानकारी गराउन, निर्वाचन अधिकृतहरुको कार्यालय स्थापना गर्न, निर्वाचन सामग्री ढुवानीको प्रवन्ध गर्न, बाटा घाटाहरु मर्मत गर्न र राजनीतिक दलहरुलाई सार्वजनिक सम्पत्तिको दुरुपयोग गर्नबाट रोक लगाउनसमेत आयोगले भनेको छ ।

    निर्वाचन आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेखित २६ बुँदाहरु यसप्रकार छन् :

    aayog

    aayog 2

    aayog 3

    प्रतिक्रिया दिनुहोस्
    images
    images