images
images
  • एमाले उदयपुरले थाल्यो निर्वाचन लक्षित कार्यक्रम

    उदयपुर- नेकपा एमाले उदयपुरले स्थानीय तहको निर्वाचनलाई लक्षित गरी कार्यक्रम अघि सारेको छ । पार्टीले केन्द्रिय नेतृत्वको उपस्थितिमा आठवटै पालिका प्रशिक्षण कार्यक्रमको आयोजना गरी कार्यक्रम अघि सारेको हो ।

    कार्यक्रममा नेताहरूले निर्वाचन केन्द्रित टोलसम्म कमिटी गठन, प्रशिक्षण, रचनात्मक कार्यक्रम, भेला तथा सचेतनामूलक कार्यक्रम तय गर्न निर्देश गरेबमोजिम एमालेले टोललाई लक्षित गरी कार्यक्रम अघि सारेको हो।

    हरेक निर्वाचनको पकेट क्षेत्र टोलवासी भएकाले टोल–टोलमा पुगेर कमिटी गठन, प्रशिक्षण, भेला लगायतका कार्यक्रम तय गरिएको जिल्ला सचिव तथा प्रचार विभाग प्रमुख कालु लामाले बताए । उनले भने, ‘पालिका स्तरीय कार्यक्रम भइसकेको क्षेत्रमा वडा तथा टोल लक्षित कार्यक्रम र सम्पन्न हुन बाँकी रहेका ठाउँमा योजना तयारी गरिसकेका छौँ ।

    कार्यक्रम अन्तर्गत त्रियुगा नगर कमिटीले वडा नं ११ स्थित शिवालय वरुवाधारमा दिपककुमार कार्कीको अध्यक्षतामा २१ सदस्य टोल कमिटी गठन र पार्टी प्रवेश कार्यक्रमको आयोजना गरेको वडा इन्चार्ज तथा त्रियुगा नगरपालिकाका वडासदस्य जितबहादुर खड्काले बताए ।

    कमिटीको उपाध्यक्षमा चन्द्र कार्की, सचिवमा रामचन्द्र खड्का, उपाध्यक्षमा लक्ष्मी कार्की र भक्तकुमारी विक लगायत छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images