images
images
  • उदयपुरमा भीषण आगलागी, ८ घर जलेर नष्ट

    उदयपुर- उदयपुरको उदयपुरगढी गाउँपालिका ७ हाडेबासमा भीषण आगालागी भएको छ ।

    बिहीबार बिहान विद्युत सर्ट भइ आगलागी हुँदा हालसम्म आठ घर जलेर नष्ट भइसकेको जिल्ला प्रहरी कार्यालयका एसपी ज्ञानेन्द्रप्रसाद फुयाँलले जानकारी दिए ।

    आगलागी नियन्त्रणमा आइ नसकेकाले थप विवरण आउन बाँकी रहेको उनले बताए । घटनालगत्तै त्रियुगा,चौदण्डिगढी नगरपालिका र रौतामाई गाउँपालिकाका तीनवटा दमकल,स्थानीय र प्रहरी परिचालन हुँदासमेत नियन्त्रणमा आउन नसकेको उनले बताए ।

    आगो नियन्त्रणको प्रयास भइहेको उनले बताए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images