images
images
  • व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने माओवादी केन्द्रको निर्णय

    काठमाडौं- नेकपा माओवादी केन्द्रले एमसीसी अनुमोदन गर्ने निर्णय गरेको छ ।

    प्रचण्ड निवास खुमलटारमा आइतबार बिहान बसेको माओवादी केन्द्रको बैठकले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) व्याख्यात्मक टिप्पणसहित अनुमोदन गर्ने निर्णय गरेको हो ।

    माओवादीले एमसीसी अनुमोदन गर्ने निर्णय गरेलगत्तै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार गएका प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।

    आइतबार दिउँसो बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसीमाथि सैद्धान्तिक छलफल सुरु हुँदै छ । यसअघि विपक्षमा उभिँदै आएको माओवादी केन्द्र पनि अन्ततः पक्षमा मतदान गर्ने निर्णयमा पुगेको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images