images
images
  • प्रधानमन्त्री देउवा र ओलीबीच आज ३ बजे पुनः भेटवार्ता हुँदै

    काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा   आज भेटवार्ता हुने भएको छ ।

    पछिल्लो राजनीतिक घटनाक्रम र संसदमा प्रस्ताव भएको अमेरिकी सहयोग परियोजना एमसीसीका विषयमा थप छलफल गर्ने गरी भेटवार्ता हुन लागेको हो ।

    प्रधानमन्त्री देउवाले अध्यक्ष ओलीलाई उनकै निवास बालकोटमा भेट्ने कार्यक्रम तय भएको स्रोतको भनाइ छ । भेटघाट ३ बजेपछि हुँदैछ ।

    केही दिनयता प्रधानमन्त्री देउवा र प्रमुख प्रतिपक्ष दलका नेता ओलीबीच पटकपटक भेटवार्ता भइरहेको छ । यसअघि भएका भेटवार्ताका विषयलाई निश्कर्षमा पुर्याउने गरी आज पुनः भेटघाट हुन लागेको जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images