काठमाडौं- नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री प्रस्ताव गरेको बताएका छन् । उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ओलीलाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेको दावी गरेका हुन् ।
यी दुई शीर्ष नेताबी चिसिएको सम्बन्धमा पछिल्लो समय भने एमसीसीसँगको सम्झौता संसदीय प्रक्रियामा प्रवेश गरेपछि आ–आफ्नो पार्टीका अरु सहकर्मीसहित भेटवार्ता जारी छ ।
भेटका क्रममा प्रचण्डले पुनः ओलीलाई प्रधानमन्त्री प्रस्ताव गरेको भट्टराईको भनाई छ । भट्टराईले भने, ‘अहिले हामी प्रधानमन्त्री खोज्ने भन्दापनि देशको निकास कसरी दिने भन्ने छ।’ तर, प्रचण्डको प्रस्तावमा त्यति विश्वास गर्ने आधार नभएकाले पत्याउने अवस्था नरहेको भट्टराईले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 


















