images
images
  • भद्रकाली-माइतिघर-बानेश्वर-तिनुकने सडकखण्डको सवारी साधन डाइभर्ट

    काठमाडौं- काठमाडौं उपत्यकाको भद्रकाली, माइतिघर, बानेश्वर, तीनकुने हुँदै गुड्ने सवारी साधन डाइभर्ट गरिएको छ ।

    तिनुकने बानेश्वर भएर चल्ने सवारी साधनलाई बिभिन्न स्थानबाट ड्राइभर्सन गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

    तिनकुनेबाट नयाँबनेश्वरतर्फ आउने सबै सवारी साधनलाई तिनकुनेबाट नै ड्राइभर्सन गरीएको छ ।

    भद्रकाली–सिंहदरबार–माइतिघर हुदै बानेश्वरतर्फ जाने सवारी साधनलाई भद्रकालीबाटै ड्राइभर्सन गरी त्रिपुरेश्वर, थापाथली हुदै पठाइएको ट्राफिक प्रहरीले बताएको छ ।

    पदमोदयमोडबाट पनि हुनुमानथान हुदै थापागाउँ जाने ठुला तथा तिनपाङग्रे सवारी साधनलाई पदमोदयमोडबाटै ड्राइभर्सन गरिएको छ ।

    अमेरिकी विकास सहयोग लिमेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)को विरोधमा विभिन्न दलका कार्यकताले प्रर्दशन गरेपछि उक्त सडकखण्डको आवागमन डाइभर्ट गरिएको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images