images
images
  • नराम्रो सपनाले यो सिजनमा दुई पटक शिखर चढ्ने योजना त्यागें : कामीरीता शेर्पा


    काठमाडौं । बिश्वको सर्वोच्च शिखर सगरमाथाको २५ औं पटक अरोहण सफल गरी कीर्तिमान कायम गनै सफ आरोही कामीरीता शेर्पा काठमाडौं आइपुगेका छन् ।


    यो मौसममा नै उनले दुई पटक सगरमाथ आरोहण गर्ने तय गरेको थियो । त्यसैका लागि उनी तेस्रो शिविर सम्म पनि पुगे । तर उनले नराम्रो सपना देखे पछि यसपटक एउटै सिजनमा दुई पटक आरोण गर्ने योजना त्यागेर उनी काठमार्डौ फर्किएको विमानस्थलमा पत्रकारहरुलाई बताए । यो वर्ष जान नसके पनि सो काम अर्को वर्ष पूरा गर्ने बताए ।

    हेलिकोप्टर मार्फत काठमाडौं फर्किएका शेर्पालाई आरोही तथा अन्य शेर्पा समुदायले खदा र फूलगुच्छाले सम्मान गरेका थिए । सन् २०१९ मा एकै महिनामा दुई पटक सगरमाथा आरोहण गरी २४ पटक पुर्याएका शेर्पाले यसै महिना बाटो बनाउने कामको संयोजन गर्दे चुचुरो पुगेका थिए ।

    आप्पा शेर्पाले २१ पटक सगरमाथाको आरोहण सम्पन्न गरी विश्राम लिएको छ भने भने सोलुखुम्बुकै अर्का आरोही गाइडले २२ औ पटक सगरमाथा आरोहण गरीकेको छ। त्यसैले कामीरिताको कीर्तिमान तोडिने सम्भावना अझै पनि कमै देखिन्छ ।

    यता कामीरिता शेर्पा भने ५० वर्षमा २५ पटक सगरमाथा आरोहण गरी विश्राम लिन परिवारले दवाव दिए पनि उनी भने शरीरले धानेसम्म पर्वतारोहणलाई नियमीत गर्ने बताए ।

    कानुनत ६५ वर्ष भन्दा माथि उमेर पुगेपछि जीवन विमा गर्दैन र बीमा विना पर्वतारोहणमा अनुमती दिदैन । यो अवधिपुग्न कामिरीतालाई अझै पनि १४ वर्ष बाँकी छ । उनले प्रत्येक पटक आफ्नै कीर्तिमान तोड्दै आएका तर उनले भने कीर्तिमान तोड्ने भन्दा पनि आफूले आफ्नो पेशा र कर्तव्य निर्वाह गरेको बताछन ।

    यस वर्ष सगरमाथामा मात्र ४४ आरोहणदलबाट ३ सय १५ जना पुरुष ९२ महिला १ तेश्रो लिङ्गी गरी कूल ४ सय ८ जना आरोहीले आरोहण गर्दै छन् ।

    सन् १९७० मा सोलुखुम्बुरको थामेमा जन्मेका शेर्पा लामो समय देखि ब्यबसायिक शेर्पा पथ प्रदर्शक भएर काम गर्दै आएका हुन् । उनले सन १९५० मा पहिलो पटक सगरमाथा आरोहण शुरु गरी यस वर्ष २५ औं पटक पुर्याएको हो । विश्वकै आरोहण इतिहासमा उनी सबै भन्दा धेरै सगरमाथा आरोहण गर्ने व्यक्ति बबनेका छन ।

    सन २०१८ मा उनले ४८ वर्षको उमेरमा २२ चोटी सगरमाथा चढने पहिलो नेपाली आरोही बन्न सफल बनेका थिए भने सन् २०१९ को मे १५ तारिखका दिन २३ चोटी शिखर पुग्नु भएका उनी लगत्तै मे २१ तारिखका दिनमा २४ पटक सगरमाथामा सफलता प्राप्त गगरेका थिए ।

    सगरमाथा बाहेक विश्व को दोश्रो ठूलो हिमाल केटु, चोयु,मनास्लु, अन्नपूर्ण र ल्होत्से हिमालको पनि सफल आरोहण गरी सकेका छन् ।

    प्रतिक्रिया दिनुहोस्

    images
    images