images
images
  • समाजवादीमा एमसीसी किचलो: एउटै निर्णयका लागि तीनवटा विज्ञप्ति, आलोचक बन्दै खतिवडा

    काठमाडौं- नेकपा एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडा अध्यक्ष माधव नेपालका विश्वासपात्र हुन । लामो समय विद्यार्थी राजनीति गरेका किचन क्याविनेटका खतिवडा केही दिनदेखि नेपालको आलोचक बन्ने गरेका छन् ।

    विगतमा नेपालनिकट भएकै कारण अध्यक्ष केपी ओलीले खतिवडालाई अवसरबाट बञ्चित गरेका थिए । नेपालसँगको रीस ओलीले खतिवडामार्फत पनि पोख्ने गरेको चर्चा एमालेमा पहिलादेखि नै हुने गरेको थियो । उदयपुरमा सांसदको टिकट खोसिएको प्रकरण पनि खतिवडासँग जोडिएको छ । तर, एमसीसी प्रकरणले भने नेपालसँग खतिवडाको दुरी बढाएको स्रोत बताउछ ।

    २०७८ फागुन ७ गते शनिवार बसेको एकीकृत समाजवादीको स्थायी कमिटी बैठकले एमसीसी टेबुल गर्न दिने निर्णय गरेको थियो । उक्त निर्णयप्रति खतिवडा असहमति जनाइरहेका थिए । त्यही कारण उनले बैठकले निर्णय गरेको आशय भन्दा फरक पर्नेगरी विज्ञप्ति निकालिदिए ।

    त्यसैकारण अध्यक्ष नेपालले खतिवडालाई दोस्रो पटक विज्ञप्ति निकाल्न लगाए । उक्त विज्ञप्तिमा पनि खतिवडाले अध्यक्ष नेपालको आशय अनुसारको भनाई विज्ञप्तिमा नराखेपछि अर्का महासचिव वेदुराम भुसालले अर्को विज्ञप्ति निकाले ।

    नेकपा एकीकृत समाजवादीमा २०७८ फागुन ७ गते शनिवार एउटै निर्णयका लागि तीनवटा विज्ञप्ति निकालिए । नेता झलनाथ खनाल, खतिवडा, विजय पौडेललगायतका नेताहरु एमसीसीको चर्को विरोधमा छन् । तर, अध्यक्ष नेपालसहित मन्त्री रामकुमारी झाँक्रीलगायतका नेताहरु भने एमसीसीको पक्षमा खुलेपछि एकीकृत समाजवादीको स्थायी कमिटीको बैठकमा चर्को विवाद पनि भएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images