images
images
  • आजको संसद बैठकमा एमसीसी पेश नगर्ने गठबन्धनमा सहमति

    काठमाडौं- अमेरिकी सहयोग परियोजना एमसीसी आजको संसद बैठकमा पनि पेश नहुने भएको छ ।

    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान भएको शीर्ष नेताको छलफलमा आज बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल नगर्ने सहमति भएको हो ।

    संसद बैठक दिउँसो १ बजे बस्दै छ । उक्त बैठकको कार्यसूची तय गर्न कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ ।

    कार्यव्यवस्थाको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमाले सहभागी भएको छैन । गत बुधबारको कार्यव्यवस्था बैठकमा जसपाका नेता अनुपस्थित रहे पनि आजको बैठकमा भने सहभागी छन् ।

    बालुवाटारको छलफलपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आठ गते अर्को बैठक बस्ने सहमति भएको जानकारी दिए । उनले भने, ‘अर्को बैठक फागुन ८ गते बस्ने सल्लाह भयो । प्रधानमन्त्रीले आजै एमसीसी टेबल गर्नुपर्छ भन्नुभयो तर हामीले आठ गतेसम्म कुर्न आग्रह गर्यौ । त्यसमा उहाँ सहमत हुनुभयो ।’

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images