images
images
  • सन्दीपले ट्रिनबागो नाइट राइडर्सबाट सीपीएल खेल्ने


    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सन्दीप लामिछानेले ट्रिनबागो नाइट राइडर्सबाट क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेट खेल्ने भएका छन् ।

    सन्दीपले नाइट राइडर्सबाट प्रतियोगिता खेल्ने सीपीएलले जनाएको हो ।सन्दीपले यसअघि तीन सिजन सीपीएल खेलिसकेका छन् ।

    सन्दीपले जमैका तलावाज, किट्स एन्ड नेभिस प्याट्रीओट्स र बार्बाडोस ट्राइडेन्ट्सबाट सीपीएल खेलेका थिए ।

    सन् २०२१ को सीपीएल क्रिकेट अगस्ट २८ बाट सुरु हुनेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images