images
images
  • ३ दल बैठकपछि प्रचण्डले भने- हाम्रो जोड सकेसम्म यो गठबन्धन बचाउनेमै छ

    काठमाडौ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरुको जोड गठबन्धन बचाउनेमा भएको बताएका छन् ।

    गठबन्धनको बैठकअघि बिहीबार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपाका नेता राजेन्द्र श्रेष्ठसँग छलफलपछि अध्यक्ष प्रचण्डले आफूहरूको जोड गठबन्धन बचाउनेमै रहेको बताएका हुन् ।

    ‘हाम्रो संयन्त्रको आज ५ बजे मिटिङ छ । त्यसैको तयारीका बारेमा अहिले छलफल भयो’ अध्यक्ष प्रचण्डले भने, ‘हामी गठबन्धनका पाँचै दललाई कसरी बचाउने र एमसीसीलाई कसरी निकास दिने रु भन्नेमा छौ ।’

    एमसीसीमा कुरा नमिले माओवादीले सरकार छोड्ने हो? भन्ने प्रश्नमा अध्यक्ष प्रचण्डले संयन्त्रको बैठकबाट टुङ्गो लाग्ने बताए । ‘आज एउटा निचोड र निकास निकाल्नेतिर हाम्रो जोड रहेको छ । सकेसम्म यो गठबन्धन बचाउनेमै छ ।’तीन नेताको छलफलमा गठबन्धनको बैठकका एजेण्डाबारे छलफल भएको थियो ।

    बिहीबार साँझ बस्ने पाँच दलको बैठकले एउटा निकास निकाल्ने उनले बताए । प्रचण्डले भने, ‘हाम्रो जोड सकेसम्म यो गठबन्धन बचाउनेमा छ ।’

     

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images