images
images
  • नवनियुक्त राजदूत ज्ञानचन्द्र आचार्यले लिए शपथ

    काठमाडौं- नवनियुक्त संयुक्त अधिराज्य (बेलायत)का लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

    राष्ट्रपति भवन शीतल निवासमा बिहीबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीबाट उनले शपथ लिएका हुन् । उनी वरिष्ठ कूटनीतिज्ञ हुन् ।

    आचार्य गत माघ १४ गते संविधानको धारा २८२ बमोजिम संयुक्त अधिराज्यका लागि नेपालको आसावीय राजदूतमा नियुक्त भएका थिए ।

    यसअघि पूर्वमुख्यसचिव समेत रहेका लोकदर्शन रेग्मी बेलायतका लागि राजदूत थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images