images
images
  • एमालेले आज कार्यव्यवस्थालाई जानकारी गराउने, संसद अवरोध गर्ने

    काठमाडौं- प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले आज तय भएको प्रतिनिधिसभा बैठक अवरोध गर्ने भएको छ । बैठक दिउँसो १ बजे बस्दैछ ।

    एमालेले निस्कासन गरेका १४ सांसदलाई सभामुखले कारबाही नगरेको भन्दै संसद अवरोध गर्दै आएको एमालेले आज पनि निरन्तरता दिने भएको हो ।

    एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले भने, ‘एमालेले निस्कासन गरेका १४ सांसदलाई सभामुखले कारबाही नगरेसम्म हाम्रो विरोध हिजो पनि थियो, आज पनि रहने छ ।’

    सभामुख अग्नि सापकोटाले बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । एमालेका माग कार्यव्यवस्था समितिलाई जानकारी गराइने नेम्वाङले बताए । एमसिसीको विषयमा भने एमाले ‘पर्ख र हेर’को अवस्थामा छ ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images