images
images
  • चार न्यायाधीशबारे आवेश र उत्तेजनामा निर्णय गर्दैनौँ: अध्यक्ष ओली

    काठमाडौं- प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीले चार न्यायाधीशकाबारेमा आवेश र उत्तेजनामा निर्णय नगर्ने बताएका छन् ।

    सोमबार बसेको पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले दोस्रो पटक विघटन गरिएको प्रतिनिधिसभा पुनर्स्थापना गर्न आदेश दिने चार न्यायाधीशकाबारेमा आवेग र उत्तेजनामा निर्णय नलिने बताएका हुन् ।

    कांग्रेस, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)का सांसदले प्रधानन्यायाधी चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेपछि काउन्टरमा एमालेले पनि चार न्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने भनिएका बेला ओलीले सो बताएका हुन् ।

    बैठकमा विभिन्न सांसदले जबरा र एमसीसीकाबारेमा धारणा राखेका थिए । सोही क्रममा सांसद घनश्याम भुसालले एमालेले जबरालाई बोकेर हिँड्न नहुने सुझाव दिएका छन् । सांसद भीम रावलले एमसीसीको विरोध गर्न माग गरेका छन् ।

    एमाले संसदीय दलको बैठक सकिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images