images
images
  • एमाले संसदीय दलको बैठक ल्होत्से हलमा जारी

    काठमाडौं- प्रमुख प्रतिपक्ष दल नेकपा एमाले संसदीय दलको बैठक जारी छ । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा केहीबेरअघि दलको बैठक सुरु भएको हो । बैठकमा अध्यक्ष समेत रहेका संसदीय दलका नेता केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन् ।

    प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता गरेपछिको अवस्थाबारे धारणा बनाउन एमाले दलको बैठक बसिरहेको हो । साथै सोमबारका लागि सभामुख अग्निप्रसाद सापकोटाले डाकेको सर्वदलीय बैठक बहिस्कार गर्ने भएको एमालेको जारी दलको बैठकमा जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावबारे छलफल हुनेछ ।

    प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध सत्ता गठबन्धनले महाभियोग प्रस्ताव दर्ता गरेपछि एमालेले अपनाउने रणनीतिका बारेमा औपचारिक निर्णय गर्ने संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले जानकारी दिए । एमाले नेताहरूका अनुसार राणाविरुद्धको महाभियोग प्रस्तावका विरुद्ध एमालेले काउन्टर स्वरूप सभामुख अग्नि सापकोटाविरुद्ध महाभियोग प्रस्ताव दर्ताको तयारीमा छ ।

    त्यसका लागि हस्ताक्षर अभियान नै सुरु गरेको एमालेले दलको बैठकमा औपचारिक निर्णय गरेर अघि बढ्ने योजना बनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images