images
images
  • गोकर्णेश्वर नगरपालिकामा विद्यालय खुले, पठनपाठन सुरु

    काठमाडौं- कोरोनाको तेस्रो लहरको संक्रमण उच्च गतिमा बढेपछि सरकारले स्मार्ट लकडाउनको घोषणा गर्दै माघ मसान्तसम्म सबै विद्यालय बन्द गर्ने निर्णय गरेको थियो । जसअनुसार देशभरका सबै शैक्षिक संस्था बन्द छन् ।

    तर, संघीय राजधानी काठमाडौको गोकर्णेश्वर नगरपालिकाले आफ्नो क्षेत्रभित्रका निजी तथा सामुदायिक विद्यालय २३ माघदेखि भौतिक उपस्थितिमै सञ्चालन गर्ने निर्णयसहितको सूचना जारी गर्यो ।

    273159228 2264730337002943 505779881915724949 n.jpg

    नगरपालिकाको शिक्षा समितिको गत १८ माघमा बसेको बैठकले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो । आइतबार विद्यालय खुले पनि सरस्वती पूजा भएको हुनाले सोमबारबाट नियमित पठनपाठन सञ्चालन भएको छ ।

    सिसिएमसीले भने १ फागुनदेखि भौतिक रूपमै बिद्यालय खोल्न सरकारलाई सिफारिस गरेको छ । गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेले स्थानीय सरकारको अधिकार प्रयोग गरेर विद्यालय सञ्चालन गर्ने निर्णय गरेका बताए ।

    272741347 3110568402560876 2253902847132447843 n.jpg

    नगरपालिकाभित्रका सबै बिद्यालयमा १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीहरूलाई कोरोनाविरुद्धको फाइजर खोपको पहिलो मात्रा दिइसकेको र आजबाट दोस्रो मात्रा दिन सुरु गरेको नगरपालिकाको स्वास्थ्य शाखाले बताएको छ ।

    261969015 319842026759389 3120058975796414860 n.jpg

    प्रतिक्रिया दिनुहोस्

    images
    images