
काठमाडौं- तीन दलका शीर्ष नेताहरुको बैठक सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार अपराह्नबाट सत्तारुढ दुई दल र प्रमुख प्रतिपक्षीबीच बैठक बसेको थियो ।
बैक्ठकमा प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका साथै प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी शर्मा ओली बीचको बैठक सकिएको हो ।
बैठकमा स्थानीय तह निर्वाचन, एमसिसी, अवरुद्ध संसद खुलाउनेसहितका विषयमा छलफल भएको जनाइएको छ । ओली प्रधानमन्त्रीबाट बाहिरिएपछि पहिलोपटक बालुवाटार पुगेका हुन् ।
प्रमुख प्रतिपक्षी दल एमालेले सभामुख अग्नि सापकोटाले पदबाट राजीनामा दिनुपर्ने अडान राखेको छ। एमालेले कारबाही गरिएका १४ सांसदबारेको निर्णयमा सभामुख अग्निप्रसाद सापकोटाले गल्ती नस्वीकारेसम्म संसद नखोल्ने अडान लिएको हो।
बैठकमा सहभागी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो दलबाट कारबाही गरेका माधवकुमार नेपालसहित १४ जना सांसदहरु संसदमा उपस्थित हुन्जेल संसद खुल्ने सम्भावना नरहेको स्पष्ट पारेका छन्।
बैठकमा सहभागी एमाले महासचिव शंकर पोखरेलले बालुवाटारमा बोल्दै यसबारेमा जानकारी दिएका हुन्।
ुसभामुखबाट जे कमजोरी भएको छ, पहिले त्यसलाई सच्याउनुपर्छु, बैठकमा आफूहरुले राखेको कुराबारे पोखरेलले भने, ुएमालेले कारबाही गरेका १४ जना गैरसांसदमाथि कारबाहीको सूचना पहिले टाँसिनुपर्छ। दलले कारबाही गरेका सांसदलाई राखेर संसद चलाइरहँदा एमालेले मान्दैन। यदि होइन भने सभामुखले मार्ग प्रशस्त गरिदिनुपर्छ।
महासचिव पोखरेलले सभामुखले एमालेलाई संसदमा पस्ने वातावरण बनाउन यिनै दुई विकल्प रहेको पनि बताए। ुहामीलाई संसदमा पस्ने वातावरण पहिले बनाउनुपर्छु, उनले भने, ुकि त हामीले गरेको कारबाहीको सूचना सभामुखले टाँस्नुपर्छ। यदि होइन भने सभामुखले मार्गप्रशस्त गरिदिए मात्रै संसद खुल्छ।ु
प्रतिक्रिया दिनुहोस्