images
images
  • एकै परिवारका तीन सदस्य रुखमा झुण्डिएको अवस्थामा मृत फेला


    प्युठान। प्युठानमा आमा, छोरी र छोरा सहित एकै परिवारका तीन सदस्य रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।

    प्युठान नगरपालिका–२ चितीखोला बस्ने अन्दाजी २५ वर्षीया गायत्री सुनार, उनकी पाँच वर्षीया छोरी प्रकृति सुनार र एक वर्षको छोरा सुशान्त सुनार रातामाटाको जंगलमा मृत फेला परेका हुन् ।

    जिल्ला प्रहरी कार्यालय प्यठानका अनुसार उनीहरुको शव सालको रुखमा झुण्डिएको अवस्थामा फेला परेको छ । ‘घटनास्थलको मुचुल्का उठाएर शव पोष्टमार्टमका लागि पठाएर अनुसन्धान कार्य भइरहेको छ ।

    प्रहरीका अनुसार उनका श्रीमान रोजगारीको सिलसिलामा भारतमा रहेको जानकारी स्थानीयले दिएका छन्

    प्रतिक्रिया दिनुहोस्

    images