images
images
  • कांग्रेससँग गठबन्धन टुटे एमालेसँग चुनावी तालमेल हुनसक्छ: नेता खनाल

    काठमाडौं- नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनालले नेपाली कांग्रेससँग गठबन्धन टुटेमा नेकपा (एमाले)सँग चुनावी तालमेल हुनसक्ने बताएको छ ।

    गठबन्धन आफूहरूका लागि मात्रै नभई कांग्रेसका लागि पनि अपरिहार्य भएको जिकीर गर्दै वरिष्ठ नेता खनालले केहि गरी कांग्रेससँगको सम्बन्ध टुटेमा अरु विकल्पमा जाने बताएको हो ।

    खनालले अहिलेकै अवस्थामा एमसीसी पारित नहुने र यसैका कारण गठबन्धन नटुट्ने दावी गरे। एमसीसीलाई आउँदो चुनावपछि मात्रै संसदमै लैजाने विषयमा गठबन्धन दलबीच सहमति बनेको उनको भनाइ छ ।

    पूर्वपरराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले एमसीसीसम्बन्धी आठ वटा डकुमेन्ट लुकाएको आरोप लगाउँदै उनले ती डकुमेन्ट गम्भीर भएकाले आफूहरू झन् संवेदनशील बनेको पनि बताए । एमसीसी पारित नभए पनि गठबन्धन कायम रहने दावी गरेका नेता खनालले देउवा र ओलीबीच मिलन हुनै नसक्ने दावी गरे।

    एमसीसी अमेरिकाको एशिया प्रशान्त रणनीतिकै अंग भएको दावी गर्दै उनले यसलाई चिनियाँ परियोजना बीआरआईसँग तुलना गर्न नमिल्ने पनि बताए ।

    प्रतिक्रिया दिनुहोस्

    images
    images