काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेठमै स्थानीय तहको निर्वाचन हुनुपर्ने बताएका छन्। बुधबार भक्तपुरको जर्मन हस्पिटालिटीमा पार्टी प्यालेसमा बसेको केन्द्रीय सचिवालय बैठकलाई सम्बोधनका क्रममा ओलीले यसो भनेका हुन्।
अध्यक्ष ओलीले निर्वाचन सरकारको स्वेच्छाको विषय हुन नसक्ने तर्क गर्दै जेठ ५ भित्रमै चुनाव गर्नुपर्ने बताएका छन्। उनले जेठ ५ भित्रै निर्वाचन गराउनुपर्ने संवैधानिक बाध्यता सरकारले बुझ्नुपर्ने पनि तर्क गरेका छन्।
‘संविधानको सही कार्यन्वयनको जिम्मेवारी सरकारको हो। सरकारले फागुनभित्र निर्वाचन गरि सक्नुपर्थ्यो। हामीले पटक-पटक सरकारलाई भनिरहेका थियौँ, उनले भने, तर गठबन्धन सरकार संविधान कार्यन्वयन र लोकतान्त्रिक अभ्यासभन्दा बाहिर गयो। संघीयताको कार्यन्वयन गर्न छाडेर सत्ता स्वार्थमा केन्द्रित हुँदा निर्वाचन पनि नहुने सम्भावना बढ्यो।
ओलीले गठबन्धन सरकारका दलका नेताहरुले २०७९ चैत्रमा निर्वाचन गर्ने भनेर अफवाह फैलाइरहेको पनि बताएका छन्। उनले सम्बोधनका क्रममा कोरोनाविरुद्धको २४ लाख खोप हराउनु सरकारको गम्भीर लापरबाही भएको टिप्पणी गरे।
कठिन मिहिनेतबाट आएको कोरोनाविरुद्धको खोप हरायो भन्नु गम्भीर विषय होु, उनले भने, ‘यस्ता लापरबाही अरु देशमा हुने हो भने सम्बन्धित मन्त्रीहरुले राजीनामा दिइसक्थे। तर हाम्रोमा छानबिन पनि हुँदैनु


विश्व खबर 


















