images
images
  • बालुवाटारमा प्रधानमन्त्री, प्रचण्ड र माधव नेपालबीच भेटवार्ता

    काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

    बुधबार दिउँसो प्रधानमन्त्रीलाई भेट्न प्रचण्ड र नेपाल बालुवाटार पुगेका थिए । उनीहरुबीच करिब एक घण्टा कुराकानी भएको प्रधानमन्त्री देउवाको सचिवालय स्रोतले बताएको छ ।

    मंगलबार प्रधानमन्त्रीसँगको भेटमा निर्वाचन आयोगका पदाधिकारीले स्थानीय तहको निर्वाचन जेठ ४ गते गर्न सरकारलाई परामर्श दिएका थिए । प्रधानमन्त्री देउवाले गठबन्धनमा छलफल गरेर सरकारले मिति तोक्ने बताएका थिए । त्यस्तै पछिल्लो समय प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पारित गर्ने तयारी गरेका छन् ।

    आयोगको सिफारिस अनुसार निर्वाचनको मिति तोक्ने प्रधानमन्त्रीको तयारी छ । अब बस्न मन्त्रिपरिषद बैठकबाट निर्वाचनको मिति घोषणा गरिने छ । पछिल्लो समय एमसीसीको विषयलाई लिएर सत्ता गठबन्धन दलहरूका बीचमा मतभेद छ । यस विषयमा निकास खोज्न लागि परेका छन् ।

    बुधबार प्रचण्ड र नेपालसँग प्रधानमन्त्रीले यीनै विषयमा कुराकानी गरेको प्रधानमन्त्रीनिकट स्रोत बताउँछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images