images
images
  • मन्त्री क्वार्टरअगाडि सञ्चारमन्त्री कार्कीलाई अनेरास्ववियूले देखायो कालो झण्डा

    काठमाडौं- ललितपुरको पुल्चोकस्थित मन्त्री क्वार्टरअगाडि सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई एमालेको विद्यार्थी संगठन अनेरास्ववियूले कालो झण्डा देखाएको छ ।

    स्थानीय तहको निर्वाचनको मिति तत्काल घोषणा गर्न माग गर्दै प्रदर्शनमा उत्रिएको अनेरास्ववियूले त्यही बेला मन्त्री कार्की क्वार्टरबाट निस्किएपछि कालो झण्डा देखाएको हो । आन्दोलनरत विद्यार्थीहरुले मन्त्रीको गाडी रोकेर कालोझण्डा देखाएका थिए भने कतिपयले मन्त्री गाडीमै कालोझण्डा प्रहार गरेका थिए ।

    एमालेले संविधान र वर्तमान कानुनबमोजिम नै स्थानीय तहको निर्वाचन हुनुपर्ने बताउदै आएको छ भने सत्ता गठबन्धनले जेठभित्र स्थानीय तहको निर्वाचन गर्ने सहमति गरेको छ । जेठमा स्थानीय निर्वाचन गर्दा वर्तमान स्थानीय तहको निर्वाचन ऐनमा संशोधन गर्नुपर्ने हुन्छ ।

    गठबन्धन र सरकार भने ऐन संशोधनको तयारीमा जुटेका छन् ।

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images