काठमाडौं- सशस्त्र प्रहरी बल (एपीएफ) ले आफ्नो नियमावली संशोधन गर्ने तयारी गरेको छ । बढुवा, अनिवार्य अवकाश, निवृत्ति भरणलगायत विषयमा एपीएफले नियमावलीमा भएका प्रावधानलाई संशोधन गर्न लागेको ।
स्रोतका अनुसार सशस्त्र मुख्यालयले संशोधन गर्नुपर्ने नियम, उपनियमहरु तयारी पारी गृह मन्त्रालयमा बुझाउने तयारी गरेको छ । गृहमन्त्रालयलगायत निकाय हुँदै मन्त्रिपरिषदबाट स्वीकृत भएपछि मात्र उक्त संशोधन लागू हुनसक्नेछ ।
नियमावलीको नियम ३८ मा रहेको बढुवामा उपनियम २ मा बढुवा समितिले यस नियमबमोजिम हुने गरि बढुवाको सूचना प्रकाशन गर्नु पर्ने उल्लेख गरिएको छ । तर, संशोधनमा उक्त उपनियम झिक्ने प्रस्ताव गरिएको छ ।
यस्तै, यसैगरी नियम (४) को उपनियम १ मा सशस्त्र प्रहरी सेवामा बढुवाको लागि सम्भाव्य उम्मेदवार हुन बढुवा हुने श्रेणी वा तहभन्दा एक श्रेणी वा तह मुनिको पदमा चार वर्ष सेवा अवधि पूरा भएको हुनु पर्ने व्यवस्था भएकोमा त्यसलाई संशोधन गरी उपनियम १ (क) मा सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकलाई तीन वर्ष बनाउन लागिएको हो ।
नियम ६५ मा रहेको अनिवार्य अवकासको उपनियम ५ पछि उपनियम ६ थप्र्दै सशस्त्र प्रहरी सेवामा बहाल रहेको सशस्त्र प्रहरी कर्मचारीले उपनियम १ को खण्ड क बमोजिम सेवा अवधि नहुँदै उपनियम १ को खण्ड ग बमोजिमको कारणबाट अनिवार्य अवकास प्राप्त गरेमा सोही उपनियमको खण्ड (ग)बमोजिम अवकास हुन बाँकी उमेर अवधिसमेत निजले गरेको नोकरी अवधिमा थप गरी निजले पाउने निवृत्तिभरणको हिसाब गरिने भनेर संशोधन प्रस्ताव गरिएको छ ।
नियम ७० को निवृत्तिभरण शीर्षकअन्तर्गत उपनियम १ मा २० वर्ष वा सोभन्दा बढी समयसम्म सशस्त्र प्रहरी सेवामा काम गरेको सशस्त्र प्रहरी कर्मचारीले नोकरीबाट अवकाश पाएको मितिदेखि निवृत्तिभरण पाउनेछ । तर २०६० चैत २६ गते अगावै नियुक्ति भएका देहायबमोजिमका सशस्त्र प्रहरी कर्मचारीहरुले देहायबमोजिम वा सोभन्दा बढी अवधिसम्म सशस्त्र प्रहरी सेवामा काम गरी नोकरीबाट अवकास भएमा निवृत्तिभरण पाउनेछ भन्ने व्यवस्था छ ।
जसमा (क) वरिष्ठ नायव निरीक्षकसम्म १८ वर्ष, (ख) सशस्त्र प्रहरी जवानदेखि सशस्त्र प्रहरी वरिष्ठ हवल्दारसम्म १६ वर्ष उल्लेख छ । अब उक्त १८ र १६ वर्षको सेवा अवधिको व्यवस्थालाई परिवर्तन गर्न यस्तो प्रस्ताव गरिएको हो ।
नियम ७० को उपनियम १ पछी १ (क) थप गर्ने भन्दै २०६० चैत २६ गते र सो भन्दापछि सशस्त्र प्रहरी सेवामा भर्ना हुने सशस्त्र प्रहरी कर्मचारीहरुमध्ये सशस्त्र प्रहरी निरीक्षकदेखि सशस्त्र प्रहरी महानिरीक्षकसम्म २० वर्ष, (ख) सशस्त्र प्रहरी सहायक निरीक्षकदेखि सशस्त्र प्रहरी वरिष्ठ नायव निरीक्षकसम्म १८ वर्ष, (ग) सशस्त्र प्रहरी जवानदेखि सशस्त्र प्रहरी वरिष्ठ हवल्दारसम्म १६ वर्ष र (घ) सशस्त्र प्रहरी परिचर १६ वर्षसम्म काम गरी अवकाश भएमा निवृत्तिभरण पाउने उल्लेख छ ।


विश्व खबर 




















