images
images
  • ठेकेदारको गम्भीर लापरवाही: स्काभेटरले लडाएको ढुंगा जीपमाथि खस्दा घटनाथलमै तीनको मृत्यु, दुईको अवस्था चिन्ताजनक

    ओखलढुंगा- ओखलढुंगामा गुडिरहेको बोलेरो जीपलाई माथिबाट झरेको ढुंगाले किच्दा ३ जनाको घटनाथलमै मृत्यु भएको छ । सडक निर्माण गर्दै गरेको डोजरले माथिबाट लडाएको ढुंगाले किच्दा ३५६९ नंबरको बोलेरोमा सवार ३ जनाको मृत्यु भएको हो ।

    सिद्धिचरण नगरपालिकाको गहतेबाट सदरमुकाम तर्फ आउँदै गरेको बोलेरोलाई गुडिरहेकै अवस्थामा नारायणस्थलको सोतीभरिमा डोजरले निकालेको ढुंगा पल्टिएर किच्दा दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक लंक श्रेष्ठले भिजनलाई जानकारी दिएका छन।

    प्रहरीका अनुसार ६ जना सवार बोलेरोका १ महिला १ पुरुष र १ बालिकाको मृत्यु भएको र चालक सहित अन्य ३ जना घाइते भएका छन् ।मृतकहरुको पहिचान अहिले सम्म खुलेको छैन । घाइतेको ओखलढुंगा सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images