images
images
  • ओखलढुंगाबाट कांग्रेसका रामहरि खतिवडा निर्वाचित

    काठमाडौं – ओलखढुंगाबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका रामहरि खतिवडा विजयी भएका छन् । खतिवडा ३३ हजार ५५६ मतसहित निर्वाचित भएका हुन् ।

    उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका यज्ञराज सुनुवार २६ हजार ७३८ मत प्राप्त गरे । तेस्रो स्थानमा रहेका जनता समाजवादी पार्टीका जुद्धबहादुर राईले ८९७ मत प्राप्त गरे ।

    यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीकी शोभा कार्कीले ७१४ मत प्राप्त गरिन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images