images
images
  • रक्सीले मातेर चिसापानीमा आतंक मच्चाउने सेनाका मेजर बर्खास्त, एक महिना कैद सजाय

    महेन्द्रनगर-नेपाली सेनाले सुदूरपश्चिम पृतना तालिम शिक्षालय गोरङ्गेका सेनानी (मेजर) अशोक शाहीलाई सेवाबाट बर्खास्त गरेको छ । २५ नम्बर बाहिनीका बाहिनीपति सहायक रथी कृष्णबहादुर जिसीको अध्यक्षतामा गठित समरी जनरल सैनिक अदालतले शाहीलाई सैनिक अनुशासन विपरीत कार्य गरेको ठहर गर्दै सेवाबाट बर्खास्त र एक महिना कैदको फैसला गरेको हो ।

    मदिरा सेवन गरेर बबण्डर गरेका नेपाली सेनाको सुदूरपश्चिम पृतना तालिम शिक्षालयका सेनानी (मेजर) अशोकजंग शाहीलाई जंगी अड्डाले बर्खास्त गरेको छ।सैनिक अदालतको निर्णयबमोजिम उनलाई सेवाबाट बर्खास्त गरिएको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले बताए। भाइटिकाको भोलिपल्ट राति ११ बजेतिर मेजर शाही प्रदेश ०१–००२६च ३४६१ नम्बरको गाडी लिएर कैलालीको चिसापानी बजार पुगेका थिए। चिसापानीस्थित संगम होटलका सञ्चालक हर्कबहादुर रावलसँग मेजर शाहीले विवाद सुरु गरेका थिए।

    सेनाले २२ कात्तिकमा चिसापानीमा भएको घटनाको अनुसन्धानका लागि २५ नम्बर बाहिनीकै महासेनानीको कमाण्डमा तत्काल कोर्ट अफ इन्क्वाइरी गठन गरेको थियो । कोर्ट अफ इन्क्वाइरी टिमले स्थानीय, सेनाकै अधिकारी र इलाका प्रहरी कार्यालयका अधिकारीसँग लिएको बयान, उपलब्ध सबुतप्रमाण र मेजर शाहीको बयानपछि प्रतिवेदन बुझाएको थियो ।

    सैनिक प्रतिवेदन अनुसार इप्रकाका प्रहरी निरीक्षकलाई तत्काल होटल संचालकलाई कारबाही गर्न टोली खटाउन निर्देशन दिएपछि उनको अवस्था हेरेर हाल शिक्षालयमै फर्कन आग्रह गरिएको उल्लेख छ । घटनास्थलको बयान जाहेरीमा नेपाल प्रहरीका निरीक्षकले हजुर अहिले त्यहाँ जाने अवस्था छैन्, समाजमा गलत असर पर्छ, भोली के गर्ने हो त्यही गरौला भन्ने आग्रहलाई बेवास्ता गर्दै मेजर शाही त्यहाँबाट बाहिरीएका थिए ।

    इप्रकाबाट बाहिरीएका मेजर शाहीले त्यसपछि शिक्षालय फर्किएर डिउटीमा रहेका एक जनालाई हतियार सहित लिएर चिसापानी पुगेका थिए । कोर्ट अफ इन्क्वाइरीले प्रहरीसँग लिएको बयानमा उसले मेजर शाहीको गाडी कार्यालयको पर्खालमा ठोक्किएको, सुरुमा कार्यालय आएको, अत्याधिक मदिरा सेवन गरेको बताएको छ ।

    प्रहरी र स्थानियले कोर्ट अफ इन्क्वाइरीमा मेजर शाहीले घटनाका दिन राती सर्वसाधारणमाथि हतियार तेर्साएपछि उनीमाथि कुटपिट भएको बताएका छन् । प्रहरीले उनलाई जोगाएर कार्यालयमा लैजानुका साथै सेनाको जिम्मा लगाएको थियो । त्यसपछि शिक्षालयको गेटमा पुगेर ड्युटी बसिरहेका हुद्दा तीर्थबहादुर बडुवाललाई एसएलआरसहित गाडीमा राखेर मेजर शाही पुन चिसापानी बजार पुगेका थिए। मजेर शाही फर्किएर आएर पुनः बितण्डा मच्चाउन थालेको भन्दै स्थानीयले उनको गाडीसमेत तोडफोड गरेका थिए। त्यसपछि हुद्दाले बोकेको राइफलसमेत खोसेर मेजर शाहीले स्थानीयलाई ताकेक थिए।

    मदिराले मातेका मजेर शाहीले बितण्डा मच्चाउन थालेपछि इलाका प्रहरी कार्यालय चिसापानीको टोली घटनास्थलपुगेर उनलाई नियन्त्रणमा लिएको थियो। आक्रोशित स्थानीयले आक्रमण गर्दा मेजर शाहीको टाउकोमा चोटसमेत लागेको थियो। त्यसपछि उनीमाथि छानबिन गर्न सैनिक मुख्यालयले महासेनानीको नेतृत्वमा कोर्ट अफ इन्क्वाइरी गठन गरेको थियो। सैनिक अदालतले उनलाई एक महिना कैदसमेत गर्ने निर्णय सुनाएको छ।

     

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images