images
images
  • शान्ति मिसनमा दक्षिण लेबनानमा खटिएको नेपाली सेनाले बनायो कृषि पोखरी र उद्यान

    काठमाडौं- संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ दक्षिण लेबनानमा खटिएको नेपाली सेनाको बर्दबहादुर गणले कृषि पोखरी र सार्वजनिक उद्यान निर्माण गरेको छ ।

    पूर्वी क्षेत्रका कमाण्डर रथी अरमाडा भेजक्वोज, नेपाली सेनाका महासेनानी कमल बानियाँ र ब्लिदाका मेयर हसन हिजाजीले संयुक्त रुपमा परियोजनाको उदघाटन गरे ।

    गणले ३१ हजार २ सय अमेरिकी डलर लागतमा बनाएको पोखरी र उद्यान हालै मात्र हस्तान्तरण गरिएको छ । महासेनानी बानियाँले परियोजनाले शान्ति सैनिक र नागरिकबीचको सम्बन्ध थप प्रगाढ बनाएको बताए ।

    नेपाली सेनाले सन् १९५८ देखि लेबनानबाट शान्ति स्थापना कार्यमा सहभागिता सुरु गरेको थियो । त्यहाँ कार्यरत बर्दहादुर गणले लेबनानको शान्ति र स्थायित्व कायम गर्न काम गर्दै आएको छ ।

    271200767 510743006973144 8763294165169334893 n

    270574543 726676181638549 1351837300479681120 n

    प्रतिक्रिया दिनुहोस्
    images
    images