काठमाडौं- जीविकोपार्जनको खोजीमा, वा ज्ञान, सीप, प्रशिक्षण र व्यावसायिक अवसरहरुको खोजीमा विदेशमा नेपालीहरुको पलायन एक निर्विवाद तथ्य भएको छ । नेपालमा आर्थिक र शैक्षिक अवसरहरुको कमी भएको हुनाले नेपालबाट विदेशीनेहरुको संख्या अझै पनि घटेको छैन् ।
श्रम तथा यातायात व्यवस्था मन्त्रालयको अनुसार दैनिक करिब ६५० हाराहारीमा नेपालीहरु रोजगारीको लागि मन्त्रालयबाट आधिकारिक अनुमति लिएर विदेशिने गरेका छन् । यसरी विदेशिएका नागरिकहरु कोही वर्किङ भिषामा त कोहि पी.आर र नागरिकता प्राप्त गरेर बस्ने गरेका छन् ।
सार्क मुलुकबाहेकका देशमा ६ महिनाभन्दा लामो समय बसोबास गरेका नेपाली नागरिक, बिदेशमा स्थायी बसोबास सुविधा लिएका वा विदेशी नागरिकता लिएका नेपाली मूलका विदेशी नागरिकलाई पनि गैरआवासीय नेपाली मान्ने कानुनी प्रावधान छ ।
१.के एनआरएनले नेपालमा जग्गा खरिद गर्न पाउँछन् ?
गैर आवासीय नेपाली सम्बन्धि ऐन, २०६४ अन्तर्गत गैर आवसीय नेपाली नागरीकहरुले नेपालमा जग्गा खरिद गर्न पाउने व्यवस्था गरेको छ ।
२.एनआरएनले नेपाल जग्गा खरिद गर्दा कानुनले के कस्तो सुविधा तथा सहुलियत प्रदान गरेको छ ?
गैर आवासीय नेपाली सम्बन्धि नियमावली २०६६ नियम ११ गैर आवासीय नेपालीहरुले नेपालभित्र बसोबास गर्नका लागि आफ्नो वा आफ्नो परिवारको निमित्त देहायको कुनै क्षेत्रमा देहाय बमोजिमको क्षेत्रफलमा नबढ्ने गरी जग्गा वा अन्य अचल सम्पत्ति खरिद गर्न सक्नेछ भनि व्यवस्था गरेको छ ।
- काठमाडौं उपत्यका भित्र बढीमा दुई रोपनी,
- तराईका जिल्लाका नगरपालिका क्षेत्रभित्र बढीमा आठ कठ्ठा,
- थि उल्लेखित बाहेक अन्य जिल्लाका नागरपालिका क्षेत्रभित्र बढीमा चार रोपनी,
- तराईका जिल्लाका नगरपालिका बाहेकका तराईका जिल्लाका गाउ विकास समिति क्षेत्रभित्र बढीमा एक विगाहा
माथि उल्लेखित बाहेकको अन्य क्षेत्रमा बढीमा दश रोपनी
३. नेपालमा गैर आवासीय नेपालीद्वारा जग्गा किन्ने प्रक्रिया के हो ?
नेपालमा गैर आवासीय नेपालीले जग्गा खरिद गर्दा एनआरएन कार्ड एक अनिवार्य आवश्यकता हो । गैर आवसीय नेपाली सम्बन्धी नियमावली, २०६६ को उपनियम ३ र ४ बमोजिम परिचय पत्र प्राप्त गरिसके पश्चात मात्र गैर आवासीय नेपाली नागरिकहरुले नेपालमा जग्गा जमिन खरिद गर्न पाउँछ । नेपाली मूलको कुनै पनि विदेशी नागरिकले यदि आफ्नै वा आफ्ना परिवारको नाममा जग्गा वा अन्य अचल सम्पत्ति खरिद गर्न चाहेको अवस्थामा निवेदन पेश गर्दा त्यस निवेदनमा त्यस्तो जग्गा भएको स्थान, क्षेत्र र जग्गा किन्नको लागि तय गरिएको मूल्य उल्लेख गरिएको निवेदन पेश गर्नु पर्ने हुन्छ ।
यस्तो निवेदन परेपछि परराष्ट्र मन्त्रालयका सचिवले जाँचबुझ गरी गैरआवसीय नेपाली सम्बन्धी ऐन र नियमावलीको प्रतिकुल नहुने गरि निवेदन वा निजको परिवारको नाममा नेपाल भित्र जग्गा तथा अन्य अचल सम्पत्ति खरिद गर्नका लागि स्विकृति दिन सक्ने कानुनी ब्यबस्था रहेको छ ।
यसरी अनुमति प्राप्त गरिसकेपछि जग्गा रजिष्ट्रेशन पास गर्ने सम्बन्धित कार्यालयले जग्गा तथा अन्य सम्पत्ति खरिद गर्न चहाने नेपाली मुलको बिदेशी नागरिक वा निजको परिवारको नाममा ऐन तथा यस नियमावलीको अधिनमा रहि जग्गा रजिष्ट्रेशन पारित गरिदिनु पर्नेछ ।
४. के ‘एनआरएन’हरुलाई नेपालमा जग्गामा लगानी गर्नबाट बन्चित गरिएको छ ?
‘एनआरएन’हरुलाई नेपालमा व्यापार गर्ने प्रयोजनले लगानी लगाउनका लागि विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन,२०७५ ले बन्चित गरेको छ । यस ऐन अनुसार कुनै ‘एनआरएन’ हरुले कुखुरा पालन, माछापालन, माहुरी पालन, फलफूल, तरकारी, तेलको बीउ, दालको बीउ, दुध उद्योग र प्राथमिक कृषि उत्पादनको अन्य क्षेत्रहरु घर जग्गा व्यवसाय- निर्माण उद्योग बाहेकका कुराहरुमा लगानी गर्न पाउने छैनन्।


विश्व खबर 



















