images
images
  • एनआरएनए’आइसिसीकाे चुनाव फागुन १६ गते गर्ने नयाँ मितिकाे घाेषणा

    काठमाडौं- गैरआवासीय नेपाली संघ (एनआरएनए) को दशौं महाधिवेशन तथा आइसीसीको नयाँ नेतृत्व चयनका लागि संघको दशौं महाधिवेशन तथा आइसीसी निर्वाचनको कार्यतालिकापनि तय गरेको छ । आगामी २८ फेब्रुअरीमा नयाँ आइसीसीको चुनाव गर्ने गरी यही जनवरी २६ सम्ममा महाधिवेशन प्रतिनिधिको नामावली संरक्षक परिषदमार्फत निर्वाचन समितिलाई उपलब्ध गराउने निर्णय पनि गरेको छ ।

    समितिले आवश्यक ठानेमा माथि उल्लेखित कामहरु सफलतापूर्वक गर्नका लागि कानुनी‚ आइटी लगायतका विशेषज्ञहरु रहेको स्वतन्त्र समितिहरु समेत गठन गर्न सक्ने र संघका कार्यकारी निर्देशक तथा एनआरएनए सचिवालयले उक्त समितिलाई सघाउनुपर्ने’ पनि आइसीसी बैठकले गरेको छ । यो निर्णय काम अगाडि बढाउनका लागि हो’‚ संघका अध्यक्ष पन्तले भनेका छन्‚ तोकिएको मितिमा सबै काम पूरा हुन नसकेमा उच्चस्तरीय समितिले तय गरेको मितिमा हुने छ‚ त्यसमा कसैमा कसैको दुईमत हुने छैन ।’

    महाधिवेशन प्रतिनिधिको चयन विधानसम्मत र विगतको अभ्यासअनुसार चयन गर्ने र त्यसको निक्र्योल घले नेतृत्वको समितिको उच्चस्तरीय समितिले गर्ने सहमति भएको छ ।

    महाधिवेशन प्रतिनिधि चयनको विषयलाई लिएर विवाद बढेपछि महाधिवेशन गराउनसमेत नसकेको गैरआवासीय नेपाली संघ (एनआरएनए) मा विवाद समाधान गरी निर्वाचन तथा महाधिवेशन गराउने जिम्मा पुनः संरक्षक परिषदका अध्यक्ष डा.शेष घलेले पाएका छन् ।

    दशौं महाधिवेशन तथा आइसीसीको नयाँ नेतृत्व चयनका लागि संघले घलेको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेको छ । समितिमा पूर्वअध्यक्ष र वर्तमान अध्यक्ष कुमार पन्त पनि सदस्य छन् ।

    शनिबार बसेको संघको ८१औं आइसीसी पूर्ण बैठकले एनआरएनएको विवाद समाधान र अधिवेशन सम्पन्न गर्न प्रमुख संरक्षक घलेको नेतृत्वमा ७ सदस्यीय उच्चस्तरीय समिति गठन गरेको हो ।

    बैठकले संघको वर्तमा परिस्थितिमा संस्थालाई निकास दिनुका साथै संघमा आपसी एकता तथा भाइचारा कायम राख्दै सम्पूर्ण गैर आवासीय नेपालीहरुको साझा संस्थाको रुपमा स्थापित गर्न भन्दै प्रमुख संरक्षक घलेको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गर्ने निर्णय गरेको हो ।

    समितिको सदस्यमा संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो‚ संरक्षक जीवा लामिछाने‚ देवमान हिराचन‚ भवन भट्ट‚ राम प्रताप थापा र वर्तमान अध्यक्ष कुमार पन्त रहेका छन ।

    271715913 3013077822265356 4994656404198014493 n

    प्रतिक्रिया दिनुहोस्
    images
    images