एजेन्सी । भारतको दिल्लीमा कोरोना संक्रमणले आज फेरि पछिल्लो दिनको रेकर्ड तोडेको छ । दिल्लीमा पछिल्लो २४ घण्टामा २८ हजार ८६७ जनामा संक्रमण पाइएको छ ।
दिल्लीमा पोजेटिभिटी दर २९.२१ प्रतिशतको रेकर्ड स्तरमा पुगेको छ । स्वास्थ्य अधिकारीहरुका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाका कारण ३१ जनाको मृत्यु भएको छ।
दिल्लीमा अस्पतालमा उपचाररत बिरामीको संख्या २ हजार ३६९ रहेको छ भने कुल सक्रिय संक्रमितको संख्या ९४ हजार १६० रहेको छ । भर्ना भएकामध्ये ७६८ जनालाई अक्सिजनको सपोर्टमा राखिएको छ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 


















