images
images
  • मिलमा सल बेरिएर महिलाको मृत्यु

    अछाम- चौरपाटी गाउँपालिका-४ पायलका एक महिलाको कुटानी पिसानी मिलमा सल बेरिएर मृत्यु भएको छ ।

    साँफेबगर नगरपालिका-१ बैजनाथमा रहेको आफ्नै कुटानी पिसानी मिलमा सल बेरिएर ५१ वर्षीया सुन्तला बोहराको घटनास्थलमै ज्यान गएको मृतकका श्रीमान शंकरमान बोहराले जानकारी दिए । धान कुट्ने क्रममा सल बेरिएको हो । मृतक बोहराको शरीर दुई भाग भएको छ ।

    उनका दुई छोरा दुई छोरी छन ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images