images
images
  • एमालेद्वारा लिपुलेकमा भारतले गरिररहेको सडक विस्तारप्रति आपत्ति

    काठमाडौं । नेकपा (एमाले)ले भारत सरकारले लिपुलेकमा गरिरहेको सडक विस्तारप्रति विरोध जनाएको छ।

    एमाले परराष्ट्र मामिला विभागका प्रमुख राजन भट्टराईले आज एक विज्ञप्ति जारी गर्दै नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाभिमानमाथि आँच पुर्‍याउने गतिविधि बन्द हुनुपर्ने बताएका हुन्।

    ‘नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाभिमानमाथि आँच पुर्‍याउने यस्ता गतिविधि तत्काल बन्द हुनुपर्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘सडकलगायत संरचना निर्माण रोकिनुपर्छ, वार्ताको माध्यमबाट यस विषयलाई अविलम्ब टुंग्याइनुपर्छ र वार्ताबाट समाधान नखोजिँदासम्म राज्यस्तरबाट कुनै पनि संरचना बनाइनुहुन्न भन्ने नेकपा (एमाले) को अविचलित मान्यता छ।’

    राष्ट्रियतासँग सम्बन्धित यस्ता गम्भीर विषयमा सरकार मौन रहेको हुँदा अनेकौं प्रश्नसमेत जन्माएको भट्टराईको भनाइ छ।

    यस विषयमा भारत सरकारसँग अविलम्ब गम्भीर संवाद गर्न, सबैखाले बलमिच्याइँ रोक्न लगाउन र नेपाली भू-भागमा नेपालको व्यवहारिक स्वामित्व स्थापनाका लागि सार्थक पहल गर्न पनि एमालेले माग गरेको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images