images
images
  • नारायणहिटी ठेक्का प्रकरण: कार्यकारी निर्देशक दाहालले दिए राजीनामा

    काठमाडौं- नारायणहिटी संग्रहालय विकास समितिका कार्यकारी निर्देशक भेषराज दाहालले राजीनामा दिएका छन् ।

    नारायणहिटी दरबारभित्रको क्याफ्टेरिया निर्माण प्रकरणमा छानबिन समितिले दोषी ठहर गरेपछि दाहालले मंगलबार पदबाट राजीनामा दिएका हुन् । उनी अघिल्लो ओली सरकारका पालामा नारायणहिटी संग्रहालय विकास समितिका कार्यकारी निर्देशकमा नियुक्त भएकबा थिए ।

    संस्कृति, नागरिक उड्डयन तथा पर्यटनमन्त्री प्रेमबहादुर आलेसँग सम्बन्ध बिग्रिएसँगै दाहाल विकास समितिबाट अलग भएका हुन् । मन्त्री आलेकै निर्देशनमा मन्त्रालयले तीन सदस्यीय छानबिन समिति बनाएर बतास ग्रुपले क्फ्टेरिया निर्माणका लागि कसरी टेन्डर पार्यो भन्ने विषयमा छानबिन समिति बनेको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images