images
images
  • कांग्रेस क्षेत्रीय सभापतिकी पत्नी एमाले जिल्ला कमिटी सदस्य निर्वाचित

    दोलखा- नेपाली कांग्रेस दोलखा प्रदेश सभा क्षेत्र नं १ का क्षेत्रीय सभापति शुक्र तामाङकी श्रीमती सीता वम्जन तामाङ दोलखा एमालेको जिल्ला कमिटी सदस्य पदमा निर्वाचित भएकी छन्।

    एमाले दोलखाको आइतबार सम्पन्न निर्वाचनबाट सीता जिल्ला कमिटी सदस्य पदमा निर्वाचित भएकी हुन्। भुगोलतर्फ २ जनाको महिला सिटमा वैत्येश्वर गाउँपालिकाको कोटाबाट उम्मेदवारी दिएकी उनले पहिलो मत ल्याईन। उक्त पदमा सीता सँगै यमुना मोक्तान पनि विजयी भएकी हुन्।

    कुल ८ सय ७ मत खसेको जिल्ला कमिटीको निर्वाचनमा सिताले ३ सय २० र यमुनाले २ सय ९४ मत ल्याइन। यो पदमा ५ जना उम्मेदवार रहेका थिए। सीता र यमुना सँग प्रतिस्पर्धा गरेका ज्योती केसीले २८६, कमलकुमारी कार्कीले २३५ र तुलसा आचार्यले १७८ मत ल्याएका थिए।

    वैत्येश्वर गाउँपालिका १ गैरीमुदीकी सिताका श्रीमान् शुक्र गत असोजमा सम्पन्न कांग्रेसको क्षेत्रीय अधिवेशनबाट क्षेत्रीय सभापति पदमा निर्विरोध निर्वाचित भएका थिए। गुण्डागर्दी पृष्ठभूमिका शुक्रले पछिल्लो समय गुन्डागर्दी छाडेर राजनितिमा जोडिदै आएका हुन्।

    क्षेत्रीय सभापति निर्वाचित भए पछि शुक्रले आउँदो स्थानीय चुनावमा कांग्रेसबाट वैत्येश्वर गाउँपालिका अध्यक्षको टिकट दाबी गर्दै आएका छन्। आफूले पार्टीबाट टिकट नपाए श्रीमती सीतालाई एमालेबाट पालिका उपाध्यक्षको टिकटमा दाबी गराएर चुनाव लडाउने योजनामा शुक्र रहेको स्थानीय कांग्रेस कार्यकर्ताहरूले चर्चा गर्दै आएका छन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images