दोलखा- कान्तिपुर दैनिकको आकर्षक जागिर छाडेका पत्रकार राजेन्द्र मानन्धर नेकपा एमालेको जिल्ला उपाध्यक्ष निर्वाचित भएका छन् ।
कान्तिपुरको सह सहसम्पादक जागिर छाडेर पूर्णकालिन राजनीतिमा रोजेका मानन्धर चार महिनामै नेकपा एमाले दोलखाको उपाध्यक्ष हुन सफल भएका हुन् ।
विद्यार्थी राजनीति पृष्ठभूमिका उनी दुई दशकदेखि भने पत्रकारितामात्रै गर्दै आएका थिए । जिल्ला अधिवेशनमा तीन प्रतिस्पर्धीलाई हराउँदै मानन्धर विजयी भएका हुन् ।
मानन्धरले २७४, प्रेमकुमारी चौलागाईंले २६५, कृष्ण बस्नेतले १२५ र रामबहादुर श्रेष्ठले १३ मत पाएको निर्वाचन समितिले जनाएको छ ।

पदीय जिम्मेवारी
उनकै कार्यकालमा शुरुवात भएको पत्रकार महासंघको भवन निमार्ण योजना अनुरुप महासंघले एकतले भवन निमार्ण गरेर प्रयोगमा आईसकेको छ ।
कलेज टपर भएर पत्रकारिता विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरेका मानन्धर नेपालकै ठूलो मिडिया कान्तिपुर दैनिकमा पछिल्लो समय सह-सम्पादक भएर काम गरेका थिए । पत्रकारिताको माध्यमबाट हरेक जनताको मनमा बस्न सफल मानन्धरप्रति आम जनता र कार्यकर्ताले समेत उच्च भरोसा राख्ने गरेको छन ।
दोलखाबाट प्रतिनिधि सभाका सांसदमा निर्वाचित पार्वत गुरुङ सञ्चार तथा सूचना प्रविधि मन्त्री भएको बेला मन्त्री गुरुङको सिफारिसमा मानन्धर सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सञ्चार विज्ञ भएर काम गरेका थिए ।
शैक्षिक क्षेत्रबाट समाज परिवर्तन गर्न सकिन्छ भन्ने मान्यता राख्ने मानन्धर दोलखा जिल्लाकै सबैभन्द जेठो र ठूलो सामुदायिक क्याम्पस गौरीशंकर बहुमुखी क्याम्पस सञ्चालन समितिको सदस्य हुँदै अध्यक्ष बनेर दोश्रो कार्याकाल काम गरीरहेका छन्। मानन्धर अध्यक्ष भएपछि क्याम्पसको शैक्षिक, भौतिक र प्रशासनिक अवस्थामा समेत उल्लेख्य सुधार आएको विद्यार्थी, अभिभावक र सरोकारवालाहरुले अनुभूति गरेका छन् ।

राजनीतिक जीवनी
२०४७ सालमा विद्यार्थी जीवनबाट राजनितिक यात्रा तय गर्नुभएका मानन्धर गौरीशङ्कर बहुमुखी क्याम्पस चरिकोटको अनेरास्ववियु प्रारम्भिक कमिटीको सचिव हुँदै अनेरास्ववियुको जिल्ला सचिव, जिल्ला अध्यक्ष र केन्द्रीय सदस्य बनेर काम गरेका थिए । तत्कालिन नेकपा एमाले चरिकोट गाउँ कमिटीको प्रमुख बनेर पार्टीको नेतृत्व गरेका मानन्धर २०५३ सालमा नेकपा एमाले भीमेश्वर नगर कमिटी तदर्थ समितिको संयोजक हुँदै नगर कमिटीको प्रथम अधिवेशनबाट पार्टी प्रमुखमा निर्वाचित भएर जिम्मेवारी पूरा गरेका थिए ।
नेकपा एमालेको छैठौं राष्ट्रिय महाधिवेशनमा दोलखा क्षेत्र नम्बर २ बाट निर्वाचित तीनजना महाधिवेशन प्रतिनिधिमध्ये मानन्धर लोकप्रिय मत ल्याएर प्रतिनिधिमा छनौट भएका छन् ।
मानन्धरले नेकपा माले गठन भएपछि २०५५ मा नेकपा माले दोलखाको सचिवालय सदस्य तथा कार्यालय सचिवको जिम्मेवारी सम्हाली सकेका छन् । नेकपा माले र नेकपा एमाले एकीकरण भएदेखि मानन्धर नेकपा एमालेको जिल्ला कमिटी सल्लाहकार सदस्य हुँदै हाल जिल्ला कमिटी सचिवालय सदस्यको जिम्मेवारीमा छन् ।
मानन्धरले गत मंसिरमा सम्पन्न नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा केन्द्रिय प्रचार समितिको सदस्य बनेर कुशलतापूर्वक कार्य सम्पादन गरेका थिए ।


विश्व खबर 



















