images
images
  • एमाले दोलखाको अध्यक्षमा श्रेष्ठ

    दोलखा । नेकपा एमाले दोलखाको दशौं जिल्ला अधिवेशनबाट अध्यक्ष पदमा नरबहादुर श्रेष्ठ विजयी भएका छन् ।

    सोमबार साँझ सकिएको मत गणना अनुसार प्रतिद्वन्द्वी भरत दुलाललाई २२५ मतान्तरले पराजित गर्दै श्रेष्ठ अध्यक्ष पदमा निर्वाचित भएका हुन् । निर्वाचन समितिका अनुसार श्रेष्ठले ५०९ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी दुलालले २८४ मत प्राप्त गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images