images
images
  • माघ १५ गतेसम्म विद्यालय बन्द गर्नु : सीसीएमसी

    काठमाडौं । कोभिड १९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)को बैठकले देशभरका विद्यालय बन्द गर्न सिफारिस गरेको छ । सीसीएमसीले आउँदो माघ १५ गतेसम्म विद्यालय बन्द गर्न मन्त्रिपरिषद्लाई सिफारिस गरेको हो ।

    आज बसेको बैठकले माघ १५ गतेसम्म हिउँदे बिदा दिएर देशभरका आधारभूत र माध्यमिक विद्यालय बन्द गर्न सिफारिस गर्ने निर्णय गरेको सीसीएमसीसीकी प्रवक्ता सुनिता नेपालले जानकारी दिइन् ।

    यस्तै बैठकले विद्यालय बन्द रहेकै बेला पनि १२ देखि १७ वर्षसम्मका विद्यार्थी र १८ वर्षदेखि माथिका शिक्षक, कर्मचारी र अभिभावकलाई खोप लगाउन पनि आग्रह गरेको छ ।

    साथै बैठकले २५ जनाभन्दा धेरै मानिस भेला हुने गरी सभा–सम्मेलन, महोत्सवलगायतका कार्यक्रम बन्द गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको छ । माघ ३ गतेदेखि सरकारी सेवा लिन जाँदा खोप कार्ड अनिवार्य गर्ने, माघ ३ गतेदेखि आन्तरिक उडानमा खोप कार्ड अनिवार्य गर्ने, परीक्षण तथा खोप अभियानलाई तीव्र बनाउने लगायतका निर्णयहरू बैठकले गरेको छ ।

    सीसीएमसीसीका निर्णय मन्त्रिपरिषद्को बैठकले पारित गरेपछि लागू हुनेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images