एमाले दोलखाको जिल्ला कमिटी सदस्यमा यूवा नेता श्रेष्ठको उम्मेद्वारी

एमाले दोलखाको जिल्ला कमिटी सदस्यमा यूवा नेता श्रेष्ठको उम्मेद्वारी

विश्व खबर

@BishwoKhabar

२०७८ पुस २४ गते शनिवार ०६:११

दोलखा-नेकपा एमाले दोलखाको १० औं महाअधिबेशनमा लोकप्रिय यूवा नेता राजेश श्रेष्ठले जनजाती पुुरुषतर्फको जिल्ला कमिटी सदस्यमा उम्मेद्वारी दर्ता गराएका छन् । अनेरास्वयुबाट एमालेको राजनैतिक यात्रा सूरु गरेका श्रेष्ठ एक दशकदेखि...

दोलखा-नेकपा एमाले दोलखाको १० औं महाअधिबेशनमा लोकप्रिय यूवा नेता राजेश श्रेष्ठले जनजाती पुुरुषतर्फको जिल्ला कमिटी सदस्यमा उम्मेद्वारी दर्ता गराएका छन् ।

अनेरास्वयुबाट एमालेको राजनैतिक यात्रा सूरु गरेका श्रेष्ठ एक दशकदेखि नेकपा एमाले दोलखाको विभिन्न पदमा रहेर काम गरेको अनुभवि यूवा पूस्ताका नेता मानिन्छन् । उनि यसअघि गौरीशंकर–५, सुरी गाउँ पार्टी कमिटीको दुई कार्यकाल अध्यक्ष, राष्ट्रिय यूवा संघ दोलखा क्षेत्रिय सचिव, जिल्ला कमिटी सदस्य, राष्ट्रिय यूवा संघ दोलखाको सचिवालय सदस्य हुँदै हाल राष्ट्रिय यूवा संघको केन्द्रीय सदस्यमा सक्रिय छन् । यसका अलावा श्रेष्ठ यूवा व्यवसायी समेत हुन् ।

नेकपा एमाले दोलखाको १० औं महाअधिबेशनमा नयाँ नेतृत्वका लागि हुने निर्वाचनमा युवाहरुको जिल्ला कमिटी सदस्यमा बलियो दावेदारी छ । त्यसै मध्येका एक हुन श्रेष्ठ ।

राष्ट्रिय युवा संघबाट महाराज गरुङ, धिराज सुबेदी र राजेश श्रेष्ठ र अनेरास्वयुबाट रमेश श्रेष्ठ, शक्ति पाठक, नेत्रलाल तमाङ र राजकुमार ढुंगेलले जिल्ला कमिटी सदस्यमा उम्मेद्वारी दर्ता गराएका छन् ।

नेकपा एमाले दोलखाको अध्यक्ष पदमा हालको कमिटीका उपाध्यक्ष र सचिवबीच प्रतिस्पर्धा हुने भएको छ ।
केहि समय अघि सकिएको उम्मेद्वारी दर्ता अनुसार हालको कमिटीका उपाध्यक्ष नरबहादुर श्रेष्ठ र सचिव भरत प्रसाद दुलाले उम्मेद्वारी दर्ता गराएका छन् । अब यी दुई जनाबीच एमाले दोलखाको नेतृत्व चयनका लागि प्रतिस्पर्धा हुने पक्का भएको हो ।
त्यसैगरी उपाध्यक्षमा राजेन्द्र मानन्धर, जानुका न्यौपाने, प्रेककुमारी चौलागाँई, कृष्ण बस्नेत र राम बहादुर श्रेष्ठ गरी पाँच जनाको उम्मेद्वारी परेको निर्वाचन समितिले जनाएको छ ।

सचिवमा भने हिरा थोकर र होम प्रसाद पाठकको मात्र उम्मेद्वारी परेको छ ।उपचिवमा भने दर्जन बढीले उम्मेद्वारी दर्ता गराएका छन् । उपसचिव पदमा उम्मेद्वारी दिनेमा सुन्दर कार्की, धर्मेन्द्र मोक्तान, सुन्दर लामिछाने, रेशमराज रिमाल, कमला बस्नेत, केशव चौलागाँई, सीता केसी छन् । त्यसैगरी हरिवंश चौलागाँई, माधवलाल कायस्थ, विनकुमार थामी, गोमा केसी, नवराज कार्की र हरि जिरेलले पनि उपसचिव पदमा उम्मेद्वारी दर्ता गराएका छन् ।

नेकपा एमालेको विधान अनुसार निर्वाचनबाट १ अध्यक्ष, १ उपाध्यक्ष, १ सचिव र २ उपसचिव निर्वाचित हुनेछन् ।

प्रकाशित मिति २०७८ पुस २४ गते शनिवार ०६:११
प्रतिक्रिया दिनुहोस
  • ncell

  • ninm

  • nic asia