images
images
  • एमाले दोलखाको उपाध्यक्षमा कुशल व्यवस्थापक र उत्कृष्ट कार्यक्षमता भएका राजेन्द्रको उम्मेद्धारी

    दोलखा-नेकपा एमाले जिल्ला कमिटी दोलखाका सचिवालय सदस्य राजेन्द्र मानन्धरले १० औं जिल्ला अधिवेशनमा  नयाँ नेतृत्वको लागी हुन लागेको चुनावमा उपाध्यक्ष पदमा उम्मेद्वारी मनोनयन दर्ता गराएका हुन् ।

    पार्टीलाई वैचारिक सुस्पष्टता तथा साङ्गठानिक रुपमा थप मजबुत र परिवर्तनकारी आन्दोलनमा शसक्त बनाउनका लागि नेतृत्व तहमा बसेर काम गर्ने आफ्नो चाहाना र कार्यकर्ताहरुको सुझाव रहेकोले उपाध्यक्ष पदमा उम्मेद्वारी दिएको मानन्धरले बताए ।

    राजनितिक, सामाजिक र शैक्षिक क्षेत्रमा समेत आफ्नो अस्तित्व स्थापित गराउन सफल व्यक्तित्वका कारण पनि पार्टीको नेतृत्व तहमा कार्यकर्ताहरुले मानन्धरलाई देख्न चाहेका छन् । आफूलाई पार्टीको एक निष्ठावान सिपाहीको रुपमा उभ्याएका मानन्धर पार्टीले दिएको जिम्मेवारीमात्र नभई आफूले नेतृत्व गरेको हरेक संस्थालाई स्थापित गराएरै छोड्ने नजिर बनाएका व्यक्तिको रुपमा परिचित छन् । ।

    राजनितिक जीवनी
    raj

    २०४७ सालमा विद्यार्थी जीवनबाट राजनितिक यात्रा तय गर्नुभएका मानन्धर गौरीशङ्कर बहुमुखी क्याम्पस चरिकोटको अनेरास्ववियु प्रारम्भिक कमिटीको सचिव हुँदै अनेरास्ववियुको जिल्ला सचिव, जिल्ला अध्यक्ष र केन्द्रीय सदस्य बनेर काम गरेका थिए । तत्कालिन नेकपा एमाले चरिकोट गाउँ कमिटीको प्रमुख बनेर पार्टीको नेतृत्व गरेका मानन्धर २०५३ सालमा नेकपा एमाले भीमेश्वर नगर कमिटी तदर्थ समितिको संयोजक हुँदै नगर कमिटीको प्रथम अधिवेशनबाट पार्टी प्रमुखमा निर्वाचित भएर जिम्मेवारी पूरा गरेका थिए ।

    नेकपा एमालेको छैठौं राष्ट्रिय महाधिवेशनमा दोलखा क्षेत्र नम्बर २ बाट निर्वाचित तीनजना महाधिवेशन प्रतिनिधिमध्ये मानन्धर लोकप्रिय मत ल्याएर प्रतिनिधिमा छनौट भएका थिए । मानन्धरले नेकपा माले गठन भएपछि २०५५ मा नेकपा माले दोलखाको सचिवालय सदस्य तथा कार्यालय सचिवको जिम्मेवारी सम्हाली सकेका छन् । नेकपा माले र नेकपा एमाले एकिकरण भएदेखि मानन्धर नेकपा एमालेको जिल्ला कमिटी सल्लाहकार सदस्य हुँदै हाल जिल्ला कमिटी सचिवालय सदस्यको जिम्मेवारीमा रहेका थिए ।

    पत्रकारिता क्षेत्रका दोलखा जिल्लाकै अब्बल पत्रकारको रुपमा स्थापित मानन्धरले गत मंसिरमा सम्पन्न नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा केन्द्रिय प्रचार समितिको सदस्य बनेर कुशलतापूर्वक कार्य सम्पादन गरेका थिए ।

    पदीय जिम्मेवारी
    पत्रकारिताको माध्यमबाट सामाजिक क्षेत्रमा अतुलनिय योगदान पु¥याएका मानन्धर असल कार्यकुशलताकै कारण नेपाल पत्रकार महासंघ दोलखा शाखाको दुई कार्याकाल अध्यक्ष भएर नेतृत्व गरेका थिए ।उनकै कार्यकालमा शुरुवात भएको पत्रकार महासंघको भवन निमार्ण योजना अनुरुप महासंघले एकतले भवन निमार्ण गरेर प्रयोगमा आईसकेको छ ।

    कलेज टपर भएर पत्रकारिता विषयमा स्नातकोत्तर तह उत्तिर्ण गरेका मानन्धर नेपालकै ठूलो मिडिया कान्तिपुर दैनिकको उप सम्पादक भएर करिब दुई दशक काम गरिसकेका छन् । पत्रकारिताको माध्यमबाट हरेक जनजनको मनमनमा बस्न सफल मानन्धरप्रति आमजनता र कार्यकर्ताको समेत उच्च भरोसा राख्ने गरेका छन् ।

    दोलखाबाट प्रतिनिधि सभाका सांसदमा निर्वाचित पार्वत गुरुङ सञ्चार तथा सूचना प्रविधि मन्त्री भएको बेला मन्त्री गुरुङको सिफारिसमा मानन्धर सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सञ्चार विज्ञ भएर काम गरेका थिए । शैक्षिक क्षेत्रबाट समाज परिवर्तन गर्न सकिन्छ भन्ने मान्यता राख्नुहुने मानन्धर दोलखा जिल्लाकै सबैभन्दा जेठो र ठूलो सामुदायिक क्याम्पस गौरीशंकर बहुमुखी क्याम्पस सञ्चालन समितिको सदस्य हुँदै अध्यक्ष बनेर दोश्रो कार्याकाल काम गरीरहेका छन् । मानन्धर अध्यक्ष भएपछि क्याम्पसको शैक्षिक, भौतिक र प्रशासनिक अवस्थामा समेत उल्लेख्य सुधार आएको विद्यार्थी, अभिभावक र सरोकारवालाहरुले अनुभूति गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images