images
images
  • गठबन्धनका उम्मेदवारलाई विजयी गराउन चुनावी अभियान सञ्चालन गर्न जसपाको निर्देशन

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले आगामी माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई विजयी गराउन चुनावी अभियान सञ्चालन गर्न मातहतका कमिटीहरुलाई निर्देशन दिएको छ ।

    पार्टी अध्यक्ष उपेन्द्र यादवले केन्द्रीय कार्यकारिणी समिति सदस्यहरु, केन्द्रीय समिति, संघीय परिषद् सदस्यहरु, प्रदेश समिति विशेष प्रदेश समिति ,पहिचानमा आधारित राष्ट्रिय समिति, जिल्ला समन्वय समितिलाई राष्ट्रिय सभा निर्वाचनमा गठबन्धन दलहरुसँग समन्वय गरी चुनाव अभियान सञ्चालन गर्न निर्देशन जारी गरेका हुन् ।

    “२०७४ साल माघ १२ गते हुने राष्ट्रिय सभा सदस्यहरुको निर्वाचनमा नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (समाजवादी), जनता समाजवादी पार्टी, नेपाल र राजमो, नेपाल, सहितको संयुक्त गठबन्धनका साझा उम्मेदवारहरुलाई निर्वाचनमा विजय गराउन र प्रदेश जिल्ला लगायत स्तरमा समन्वय गरी चुनावी अभियान सञ्चालन गर्नु हुनको लागि पार्टीको तर्फबाट यो निर्देशन जारी गरिएको छ”, यादवले जारी गरेको निर्देशनमा भनिएको छ ।

    विभिन्न प्रदेशहरुमा पार्टी(पार्टीबीच समन्वय गर्नका लागि गठवन्धनमा रहेका विभिन्न दलहरुको तर्फबाट पार्टी नेतृत्वहरुलाई जिम्मेवारी तोकिएकोसमेत यादवले जानकारी गरेका छन् ।

    jasapa

    प्रतिक्रिया दिनुहोस्

    images
    images