काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलले संसद चलाउन हो भने पाँच दलीय गठबन्धनले माफी माग्नुपर्ने बताएका छन्।
एमालेको ६३ जिल्लामा भएको अधिवेशन भर्चुअल उद्घाटनपछि पार्टी केन्द्रीय कार्यालय थापाथलीमा पत्रकारहरुसँग बोल्दै उनले यस्तो बताएका हुन्।
सत्ता गठबन्धन नै संसद चलाउन चाहँदैन। एमालेलाई जुन तरिकाले विभाजित गरियो, त्यो संवैधानिक छैनु, उनले भने, सत्ता गठबन्धनलाई संसद चलाउनु छैन। तर एमालेले अवरोध गर्यो भनेर गीत गाएर जनतालाई भ्रम छर्दैछ।
पोखरेलले पाँच दलीय गठबन्धन एमालेलाई आरोपित गरेर स्वेच्छाचारी शासनतर्फ उद्यत रहेको पनि बताए।
एमालेका कारण संसद चलेन भन्ने कुरा गरेर सत्ता गठबन्धन स्वेच्छाचारी शासन चलाउन खोज्दैछु, उनले भने, हाम्रा मागहरु गठबन्धनले सम्बोधन गर्न सक्छ कि सक्दैनरु हामीले सभामुख अग्नि सापकोटाको गैरसंवैधानिक भूमिकाबारे प्रश्न उठाएका हौँ।
उनले दल विभाजनका लागि ल्याएको असंवैधानिक अध्यादेशबारे गठबन्धनले क्षमा माग्नुपर्ने पनि बताए।
गठबन्धनले क्षमायाचना गर्ने, सभामुखले गल्ती सच्याउने या सभामुखले राजीनामा दिने कुरामा संसद सञ्चालन अड्किएको छु, उनले भने, हामीले अदालतमा दर्ता गरेको रिटमाथिको फैसला पनि संसद चल्ने कुरामा जोडिएको छ।
पोखरेलले एमाले फुटाइसकेपछि दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता लिएको कुरामा गठबन्धनले गल्ती स्वीकारेर माफी मागे मात्रे संसद खुल्ने पनि बताए।
दल विभाजनसम्बन्धी अध्यादेश जारी गर्ने, एमाले फुटाएपछि अध्यादेश फिर्ता लिनेु, उनले भने,अब एमाले विभाजित भइसक्यो, फिर्ता लिने भनेर हुँदैन। यसमा गठबन्धनले माफी माग्नुपर्छ।
प्रकाशित मिति २०७८ पुस २३ गते शुक्रबार ०३:०२