images
images
  • मल कारखाना निर्माणका लागि गृहकार्य भइरहेको छ– मन्त्री यादव

    काठमाडौं । कृषि तथा पशुपक्षी विकासमन्त्री महिन्द्र राय यादवले विद्युत्मा आधारित मल कारखाना निर्माणका लागि गृहकार्य भइरहेको बताएका छन् ।

    आज यहाँ आयोजित एक अन्तक्र्रियामा उहाँले विद्युत्मा नै आधारित फ्याक्ट्री निर्माणका लागि जर्मनीसँग छलफल भइरहेको जानकारी दिँदै यस कार्यका लागि जर्मनी र थाइल्याण्डका कम्पनी इच्छुक रहेको बताए ।

    मन्त्री यादवले एक लाख मेट्रिकटन युरिया, दुई लाख मेट्रिकटन डिएपी र आठ लाख मेट्रिकटन पोटासिएम मलको आवश्यकता हुने बताउँदै मुलुकमा हुने मल अभावको समस्या समाधान गर्न विद्युत्मा नै आधारित मल कारखाना आवश्यक रहेको प्रष्ट पारे । मुलुकमा मल कारखाना स्थापनाका लागि अहिले पनि लगानी बोर्डमा प्रस्ताव दर्ता भएको जानकारी दिँदै उनले करिब एक खर्ब २५ अर्ब लागत लाग्ने अनुमान गरिएको बताए ।

    देशको समृद्धिका लागि कृषि क्षेत्रलाई आधुनिकीकरण, व्यावसायीकरण अनि औद्योगिकीकरण, मूल्य निर्धारण, भण्डारण र बजारीकरणको उचित प्रबन्ध गर्नुपर्नेमा जोड दिँदै मन्त्री यादवले कृषि क्षेत्रको विकासका लागि सरकारले बनाएको २० वर्षे योजनाअन्तर्गत कार्य गर्न बजेटको व्यवस्थापन गर्नुपर्ने बताए ।

    प्रतिक्रिया दिनुहोस्

    images
    images