images
images
  • दिल्लीका अक्सिजनसहितका ०.२ प्रतिशत शय्या मात्रै प्रयोग

    एजेन्सी । भारतको दिल्ली प्रदेशभित्र रहेका अक्सिजनसहितका कूल शय्यामध्ये ०.२ प्रतिशत शय्या मात्रै अहिले प्रयोगमा रहेका छन् ।

    दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आइतबार दिएको जानकारीअनुसार अक्सिजनसहितका कूल शय्यामध्ये ८२ शय्या मात्रै अहिले प्रयोग भएका हुन् । राष्ट्रिय राजधानी र त्यस आसपासका क्षेत्रमा अक्सिजनसहितका शय्या ३७ हजारभन्दा बढी रहेको पनि उनले जानकारी दिए ।

    कोरोनाभाइरसको महामारी फेरि फैलिएर अक्सिजनसहितको शय्या चाहिएमा पर्याप्त हुनेगरी व्यवस्था गरिएको पनि मुख्यमन्त्री केजरीवालले बताए । अक्सिजनसहितका कूल शय्यामध्ये ९९।७८ प्रतिशत शय्या अहिले खाली नै रहेकाले चिन्ता लिनुपर्ने अवस्था नरहेको उनको भनाइ छ ।

    कोरोनाभाइरसको महामारी फैलिएका बेला सबैभन्दा ठूलो आवश्यकता अक्सिजनसहितका शय्याको पर्ने भएकाले उच्च प्राथमिकताका साथ यसको व्यवस्था गरिएको मुख्यमन्त्री केजरीवालले बताए ।

    कोरोनाभाइरसबाट सङ्क्रमितमध्ये गम्भीर अवस्थामा रहेकालाई मात्रै अक्सिजनसहितको शय्याको आवश्यकता पर्दछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images