images
images
  • आफूलाई एसिड प्रहार गर्ने युुवकसँग जब युवतीले विहे गरिन्…

    एजेन्सी । आफूलाई एसिड प्रहार गर्ने युवकसँग युवतीले विहे गरिन्, भनेको सुन्दा अचम्म लाग्न सक्छ । तर, यो यथार्थ हो । टर्कीकी २० वर्षीय एक युवतीले आफैँलाई एसिड प्रहार गरेर ७० प्रतिशत अनुहार नै बिगारिदिने युवकसँग विवाह गरेकी छिन् । बेरफिन ओजेक नाम गरेकी युवतीले कासिम ओजन सल्टी नामक युवकसँग विवाह गरेकी हुन् ।

    डेली मेलमा प्रकाशित खबर अनुसार सन् २०१९ मा ती युवकले युवतीमाथि एसिड प्रहार गरेका थिए । त्यस समय उनीहरु प्रेम सम्बन्धमा थिए । उक्त घटनापछि ती युवकलाई १३ वर्ष ६ महिनाको जेल सजाए सुनाइएको थियो । यद्यपी, कानूनमा भएको संशोधनका कारण उनी तोकिएको भन्दा अगावै जेलबाट छुटे ।

    आफूसँग विवाह गर्न नमानेको भन्दै ती युवकले एसिड प्रहार गरेका थिए । जेलबाट छुटेपछि गल्ती महशुस गरेका उनले लगातार युवतीसँग माफी मागेका थिए । उनको माफीबाट पग्लिएकी ती युवतीले केश फिर्ता लिँदै अन्त्यमा उनैसँग विहे गरेकी हुन् ।

    माफी माग्दैमा अपराध कम नहुने भन्दै अहिले यी युवतीको सामाजिक सञ्जालमा निकै आलोचना भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images