images
images
  • भ्रष्टाचारको आरोपमा वडाध्यक्षसहित तीन जनाविरुद्ध मुद्दा

    काठमाडौं- घुस लिएको आरोपमा सर्लाहीको इश्वरपुर नगरपालिका-११ का वडाध्यक्षसहित तीन जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वडाध्यक्ष रामदुलार साह, वडा सदस्यद्वय सोनेलाल साह रौनियार र उमेश रायविरुद्ध मुद्दा दायर गरेको हो ।

    अनुसन्धानको क्रममा वडा नम्बर ११ स्थित भलुवाइ सडक निर्माण सम्पन्न भएको सिफारिस गरिदिएबापत उपभोक्ता समितिसँग १ लाख ५० हजार रुपैयाँ घुस लिएको पाइएपछि उनीहरुविरुद्ध मुद्दा दायर गरिएको अख्तियारको आरोप पत्रमा उल्लेख छ ।

    वडाध्यक्ष साहको निर्देशनमा वडा सदस्यद्वय रौनियार र रायले आफ्नो पदीय मर्यादाको ख्याल नगरी घुस लिएको अख्तियारको आरोप पत्रमा उल्लेख छ ।

    सामुदायिक वनका तत्कालीन अध्यक्षविरुद्ध पनि मुद्दा
    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रकम हिनामिनाको आरोपमा इलामको माईनगरपालिका९९ स्थित जुनतारा सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष राजेन्द्र थेबेविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

    अनुसन्धानको क्रममा थेबेले वन समूहका अन्य पदाधिकारीहरूलाई थाहा नदिई वन समूहको काठ दिने प्रलोभन दिएर ठेकदार तथा स९मिलसँग रकम असुली गरेको पाइएको आयोगको आरोप पत्रमा उल्लेख छ । यसैगरी थेबेले कोषाध्यक्षको किर्ते हस्ताक्षर गरी रकम निकालेर हिनामिना गरेको पनि आरोप पत्रमा उल्लेख छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images