images
images
  • भारतमा कोरोनाः संक्रमण घटे पनि घटेन मृत्यु दर उस्तै , मृतकको संख्या ३ लाख नाघ्यो

    काठमाडौँ । दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा संक्रमितको दैनिक वृद्धिमा दुई साता यता कमी आएको छ ।

    लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ २ लाख २२ हजार ८३५ जनामा संक्रमण भएको छ । यो संख्या आइतबारको तुलनामा झण्डै २२ हजारले कम हो ।

    पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या २ करोड ६७ लाख ५१ हजार ६८१ पुगेको छ ।यसअघि भारतमा पहिलो पटक १८ वैशाखमा कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको थियो ।

    संक्रमितको संख्या २४ वैशाखमा भारतमा सबैभन्दा उच्च विन्दुमा ४ लाख १४ हजार ४३३ पुगेको थियो ।भारतमा दैनिक संक्रमितसँगै परीक्षण गरिएकामा कोरोना पोजेटिभ देखिने दर पनि घटेको छ ।

    संक्रमणढ घटे पनि भारतमा मृतको संख्यामा भने कमी आएको छैन । पछिल्लो २४ घण्टामा त्यहाँ ४ हजार ४५५ जनाको मृत्यु भएको छ । पछिल्लो विवरणअनुसार भारतमा कोरोना संक्रमितको मृतक संख्या ३ लाख ३ हजार ७५१ पुगेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images