जापान- गैरआवासिय नेपाली संघ (एनआरएनए) जापानको विधान अनुसार मनोनित गर्न बाँकी रिक्त रहेका पदहरुमा ८ जनालाई मनोनित गर्दै कार्यसमितीलाई पूर्णता दिएको छ ।
टोकियोस्थित एनआरएनए जापानको कार्यालयमा बिहीवार बसेको बैठकले संघको प्रवक्तामा सुवास लामिछानेलाई चयन गरेको छ ।
बैठकले मनोनित गर्न बाँकी रिक्त सदस्यहरुमा मनोज श्रेष्ठ, अच्युत लोहनी, कमल बास्तोला, सचिन आचार्य, कर्साङ् तामाङ्, सुनिता श्रीष मगर, अजय रानालाई मनोनित गरेको एनआरएनए जापानका महासचिव सिद्वार्थ श्रेष्ठले जानकारी दिए ।
संघका अध्यक्ष शिबप्रसाद पौडेलको अध्यक्षतामा बसेको बैठकले रिक्त पदहरुमा मनोनित गरेको हो ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















