images
images
  • संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्द्वारा म्यानमार हत्याको निन्दा

    संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले बुधबार म्यानमारको काया राज्यमा डिसेम्बर २५ मा चार बालबालिका र दुई मानवीय कामदारहरू सहित कम्तिमा ३५ व्यक्तिको हत्याको निन्दा गरेको छ ।

    राजदूतहरूले एक विज्ञप्तिमा जवाफदेहिता र ‘सबै हिंसाको तत्काल अन्त्य’ गर्न आह्वान गरेका छन् । परिषद्का सदस्यहरूले मानवअधिकारको सम्मान र नागरिकको सुरक्षा सुनिश्चित गर्ने महत्त्वमा जोड दिएका छन् ।

    साथै उनीहरूले आवश्यकतामा परेका सबै मानिसहरूको लागि सुरक्षित र निर्वाध मानवीय पहुँच, मानवीय र चिकित्सा कर्मचारीहरूको पूर्ण सुरक्षाको आवश्यकतालाई पनि जोड दिएका छन् ।

    राजदूतहरूले म्यानमारको सार्वभौमसत्ता, राजनीतिक स्वतन्त्रता, क्षेत्रीय अखण्डता र एकताप्रति बलियो प्रतिबद्धताका साथ म्यानमारका जनता र देशको लोकतान्त्रिक सङ्क्रमणप्रतिको समर्थनलाई पुनः दोहोर्याकएका छन् ।

    विश्वसनीय रिपोर्टहरूका अनुसार दुई १७ वर्षीय किशोरहरू, एक किशोरी र करिब पाँच वर्षको बच्चा सहित चार बालबालिकाको मृत्यु भएको बताइएको छ। एजेन्सी

    प्रतिक्रिया दिनुहोस्
    images
    images